मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभि माइक्रो दुर्घटना, ७ भारतीय नागरिकको निधन ८ घाईते
वि.सं.२०८२ चैत १ आइतवार ०८:४०
shares

काठमाडौं । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो शनिबार राति गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको हो ।माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । माइक्रोमा १५ जना सवार थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ ।





































