सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकै खुशी देशमा फिनल्यान्ड पहिलो देश, नेपाल ९९ स्थानमा, अरू को कतिमा ?

793
shares

काठमाडौं । विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्वजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौँ वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ ।

१४७ देशहरूमध्ये शीर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड रहेको छ भने डेनमार्क तेस्रो, कोस्टा रिका चौथो, स्विडेन पाँचौं, नर्वे छैटौं, नेदरल्याण्डस सातौं, इजरायल आठौँ, लक्जेम्बर्ग नवौँ र स्वीट्जरल्याण्ड दशौँ स्थानमा रहेको छ ।

यस सूचीमा अस्ट्रेलिया १५औँ स्थानमा छ भने अमेरिका २३औँ स्थानमा रहेको छ । त्यस्तै बेलायत २९औँ स्थानमा छ भने सिंगापुर ३६औँ स्थानमा छ । त्यसैगरी जापान ६१औँ स्थानमा छ भने चीन ६५औँ स्थानमा रहेको छ । त्यस्तै रसिया ७९औँ स्थानमा छ भने नेपाल ९९औँ स्थानमा रहेको छ ।यस सूचीमा छिमेकी मुलुक भारत ११६औँ स्थानमा छ भने पाकिस्तान १०४औँ स्थानमा रहेको छ । यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ ।

फिनल्याण्ड जस्ता देशहरूको खुशी राम्रो आर्थिक अवस्था, समान स्रोत वितरण, बलियो कल्याणकारी प्रणाली र राम्रो जीवनस्तरलाई श्रेय दिइएको छ । रिपोर्टका अनुसार, अत्यधिक सामाजिक सञ्जालको प्रयोगले धेरै देशका युवाहरूको खुशी र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले यस पटक १४७ देशहरूलाई क्रमबद्ध गरेको छ ।

विश्व ह्यापिनेस इन्डेक्स अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले संयुक्त राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्क, ग्यालपसँगको साझेदारीमा प्रकाशित गर्ने गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports