हालका गृहमन्त्री अर्याललाई राष्ट्रियसभाको सदस्य बनाउने कार्की सरकारको निर्णय विरुद्धको मुद्धा अव सम्बैधानीक इजलासमा पुग्यो
वि.सं.२०८२ चैत ५ बिहीवार १८:१०
shares

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट संवैधानिक इजलासले हेर्ने भएको छ ।
सरकारको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता मनिष श्रेष्ठले दायर गरेको रिटको पेशी चैत २५ गते संवैधानिक बेञ्चमा तोकिएको हो । चैत १ गते बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यका रुपमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
निर्णयविरुद्ध श्रेष्ठले चैत ३ गते दायर गरेको रिटमा नेपालको संविधानको धारा ८७ को उपधारा १(ङ) मा संघीय संसद्को सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध मन्त्रीलाई सिफारिस गरिएकोले बदरभागी रहेको उल्लेख छ ।
आफ्नो सिफारिसको निर्णयमा आफैं संलग्न भएकाले निर्णयमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखिएको पनि रिटकर्ताको जिकिर छ ।




































