चैत्र १३ गते नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र उनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली र लेखकको बन्दीप्रत्यक्षी रिटमा बहस सकियो, आजै आदेश आउने

325
shares

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा बहस सकिएको छ। बहस सकिएसँगै आजै संक्षिप्त आदेश आउने इजलासले जानकारी दिएको छ।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिटमा आइतबारदेखि सुनुवाइ अगाडि बढेको हो। हेर्दाहेर्दैमा राखिएको निवेदनमा सोमबार गृह मन्त्रालय लगायत विपक्षीको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट बहस भएको थियो। यस्तै निवेदक ओली र लेखकको तर्फबाट जवाफी बहस सकिएसँगै आदेशको तयारी भएको हो।

यो निवेदनमा न्यायाधीश विनोद शर्मा र सुनील कुमार पोखरेलको इजलासमा सुनुवाइ भएको हो। त्यसअघि अदालतले लिखित जवाफ माग गरेको थियो। सबै विपक्षीको तर्फबाट जवाफ प्राप्त भएसँगै सुनुवाइका लागि आइतबार पेशी तोकिएको हो।

चैत १४ गते ओली र लेखकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। सोही प्रतिवेदनमा भएका अन्यको हकमा भने थप अनुसन्धान गरेर मात्रै प्रतिवेदन कार्यान्वयन गर्ने नगर्ने विषयमा निर्णय हुने भएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports