सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायतको पिआरधारी प्रधानमन्त्री बालेनको सल्लाहकार, जान्नेलाई छान्नेहरूले गरे चमत्कार

702
shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले बेलायतको स्थायी बासिन्दा पिआरबाहक भनिएका डा. नारायणदत्त कंडेललाई महान्यायाधिवक्ता नियुक्त गरेर विवादमा तानिएको छ ।

मन्त्रिपरिषदको हिजो दिउँसो बसेको बैठकले कंडेललाई नियुक्तिका लागि सिफारिस गरेलगत्तै राष्ट्रपति पौडेलले संविधानको धारा १५७, उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई सो पदमा नियुक्त गरेका छन् ।गैर आवासीय नेपाली संघ युकेको पूर्व उपाध्यक्षसमेत भइसकेका डा.कंडेल लामो समय उत्तर आयरल्याण्डमा रेष्टुरेन्ट व्यवसाय गरेर बसेका थिए । परिवारका साथ बेलायतमा बसेका उनीसंग अझै बेलायतको आवासीय अधिकार भिसा (पिआर) रहेको श्रोतको दावी छ ।

१० बर्ष बेलायत बस्नेले पिआर पाउने प्रचलन रहेकोमा उनी १५ बर्ष बसेर आर्थिक कारोबार गरिसकेका पात्र हुन् । पिएचडी पनि यहीँबाट गरेका उनी अक्टोबर २०२३ मा नेपाल फर्केर छोरीको बिहे गर्न बेलायत गएका थिए। २ बर्षको कम्तिमा एक चोटि बेलायत नआए पिआर रद्द हुने हुँदा उनी आउजाउ गरिरहेका थिए ।नेपालको संविधानमा विदेशको पिआर लिने व्यक्तिले सार्वजनिक पद धारण गर्न नपाइने प्रावधान छ । उनी रास्वपा सभापति रवि लामिछानेको पक्षमा मुद्दा लड्नेमध्ये एक वकिल हुन् ।

कंडेलले सिधाकुरा डट कमविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दामा सिधाकुरा,यसका प्रस्तोता तथा प्रकाशक युवराज कंडेल र सम्पादक नवीन ढुङ्गानाका पक्षमा बहससमेत गरेका थिए ।उनले बेलायतको बसाई बिट मार्दै झण्डै तीन वर्षअघि सन् २०२३ अक्टोबरदेखि नेपालमा वकालत थालेका थिए । उनको अझै बेलायत आवतजावत भइरहेको देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports