न्यायाधीशद्वयको इजलासमा ओली र लेखकको बन्दीप्रत्यक्षी करण रिटको सुनुवाइ जारी
वि.सं.२०८२ चैत २३ सोमवार १४:५१
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ ।
हिजो (आइतबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले समय अभावका कारण यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेका थिए । त्यसैले आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चरिरहेको छ ।
चैत १४ गते विहान पक्राउ परेका ओली र लेखकलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
































