कांग्रेस विभाजनको संघारमा पुग्दै
वि.सं.२०८२ चैत १२ बिहीवार ११:५०
shares

काठमाडौ । नेपाली कांग्रेसभित्रको विवाद तत्काल समाधान हुन सक्ने सम्भावना टर्दै गएको जस्तो देखिएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापा नै निर्वाचनमा पराजित भएका छन् भने थापा मात्र नभए विशेष महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित भएका धेरै पदाधिकारीहरु समेत पराजित भएपछि कांग्रेसभित्रको विवाद पुन सतहमा आएको छ ।
विशेष महाधिवेशनमा भाग नलिएका तत्कालिन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई स्वीकार गर्न सकिरहेको छैन भने त्यस विषय र निर्वाचन आयोगले थापा पक्षलाई मान्यता दिएका विषयमा सर्बोच्च अदालतमा रिट दायर भएको भएपनि सर्बोच्च अदालतले आजसम्म कुनै सुनुवाई नै नगरेको हुनाले कांग्रेसभित्र संकट बढ्दै गएको छ ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको करारी हार भएको थियो भने देउवा पक्षले अपवादलाई छोडेर केहीले मात्र निर्वाचनमा भाग लिएका थिए भने केहीलाई थापाले टिकटै दिएनन् । त्यही कारणले गर्दा पनि कांग्रेसभित्रको विवाद तत्काल समाधान हुन सक्ने सम्भावना देखिएको छैन । शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवहाक सभापति बनाएका थिए । खड्काले नै अवको केही दिनभित्रमा देउवा समूहका शिर्ष नेताहरुको बैठक बोलाउने भएका छन् । सो बैठकमा गगन थापा पक्ष सहभागि नहुने भएकाले गर्दा नेपाली कांग्रेस विभाजनको सघारमा पुग्न सक्ने सम्भावना समेत देखिएको छ ।
कार्यवहाक सभापति खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाउने भएपछि थापा पक्षीय नेताहरु भने झस्किएका छन् । कांग्रेसको १ सय ६७ केन्द्रीय समितिमा सभापतिले २० प्रतिशत अर्थात ३३ जनालाई मनोनित गर्न पाउने व्यवस्था रहेको छ । विशेष महाधिवेशनले १ सय ३४ केन्द्रीय समिति चयन गरेको छ । बाँकी रहेको सिटमा देउवा पक्षलाई समेटिने विशेष महाविधेशन पक्षको भनाई रहेको भएपनि देउवा पक्षले विशेष महाविधेशनलाई स्वीकार नगरेको हुनाले पनि अर्को संकट निम्त्याउन सक्छ ।
निर्वाचन आयोगले थापा पक्षले गरेको विशेष महाविधेशनलाई गत माघ ४ गते मान्यता दिएको थियो । अयोगको निर्णयलाई चुनोती दिँदै देउवा पक्षले सर्बोच्च अदालतमा रिट दायर गरेकोमा अब चैत्र २२ गतेका लागि पेशी तोकिएको छ । सर्बोच्च अदालतले यस विषयमा छिनोफानो नगरिदिँदा समस्या उत्पन्न भएको देउवा पक्षको भनाई रहेको छ । सर्बोच्चले जे निर्णय गरेपनि १५ महाधिवेशन गर्न कांग्रेसलाई बाटो खुल्छ । त्यसैबेला कांग्रेस विभाजन हुने र एक हुने बाटो तय हुन्थ्यो ।
































