जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिमलाई पराजित गर्दै पिएम कपमा आर्मी बन्यो च्याम्पियन

520
shares

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो।सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। इमरान शेखले अविजित ४६ रनको योगदान दिए भने बसिर अहमदले ४५, तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रन जोडे।

बलिङतर्फ सूदुरपश्चिमका हेमन्त धामीले दुई तथा बिकास आग्री, शेर मल्ल र अशोक धामीले एक–एक विकेट लिए।त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन जोड्यो। अशोक धामीले ४३, किरण ठगुन्नाले ३५, नारायण जोशीले २९, तथा हेमन्त धामीले १६ रन जोड्दा सुरुवाती ब्याट्सम्यान फ्लप सावित भए।

ओपनर अभिषेक पलले ९, खडक बोहरा र नरेन भट्टले १–१ रन बनाउँदा राजु बोहरा र दीपक बोहराले ७–७ रनमात्रै जोडे।बलिङतर्फ आर्मीका आकाश चन्द र शाहब आलमले तीन–तीन विकेट लिए भने बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए।पिएम कपको इतिहासमा बिनाविभागीय टोलि सुदूरपश्चिमले पहिलोपटक फाइनल खेलेको थियो।

संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल नतिजाविहिन भएको थियो।यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो।छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports