अदालतको अवहेलना मुद्धामा बालेनलाई वारेस राख्न अदालतले दियो अनुमति
वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५९
shares

अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई वारिस राख्न अनुमति दिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहलाई वारिस राख्न अनुमति दिएको हो। अदालतको अवहेलना मुद्दामा शाहले वारेस राख्नु अनुमति मागेका थिए।







































