विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणेश नेपालीको परिवारको प्रहरीमा जाहेरी दिने तयारी

195
shares

काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए । ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ । त्यसपछि कानूनी प्रक्रिया सुरु हुन्छ । पोस्टमार्टम गर्ने र शव सद्गदका लागि प्रहरीमा बुझाउने काम हुन्छ । मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ’, एपी भट्टराईले भने ।

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो । यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports