नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाभित्र तिव्र विवाद मन्त्रिपरिषद् पुर्नगठन हुने !

403
shares

 

काठमाडौ । बालेन साह नेतृत्वको सरकार गठन भएको ४ महिना नपुग्दै रास्वपाभित्र तिव्र विवाद उत्पन्न भएको छ । रास्वपाका सभापति रवि लामिछाने र रास्वपाकै वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री साह पक्षका समर्थकहरु एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । बालेन सरकारको काम कारबाहीलाई लिएर पार्टी सभापति लामिछाने समेत असन्तुष्ट रहेका समाचारहरु प्रकाशित र प्रसारित हुँदै आएकोमा संसदमै त्यस्तो विवाद देखिएको छ । सभापति पक्षका सांसदहरुले सरकारमाथि विभिन्न प्रकारका आरोप लगाउँदै सरकारको आलोचनामा उत्रिएपछि प्रधानमन्त्री साह र पार्टी सभापति लामिछाने बीचमा गत शनिबार र आइतबार लामो छलफल भएपनि विवाद समाधान हुन सकेको छैन ।
पार्टी सभापति पक्षका सांसदहरुले सरकारले सुकुम्बासी समस्या साधान गर्न नसकेको ट्राफिकले सवारी साधानमा लागे जरिवानामा व्यापक बृद्धि गरेपछि त्यही कारणले गर्दा गणेश नेपालीले आत्मदाहा गरेको भन्दै संसदमै सरकारको आलोचना मात्र गरेका छैनन् । मन्त्रीहरुले समेत सन्तोषजनक काम गर्न नसकेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
धान रोपाईको बेला कृषकहरुले मल नपाएको, सञ्चार जगतसँग राम्रो सम्बन्ध राख्न नसकेकोले सञ्चार जगत् सडक आन्दोलनमा गएको, कर्मचारीतन्त्रलाई रुष्ट बनाएको, मुख्यसचिव नियुक्तिमा कनिष्ठलाई नियुक्ति गरिएको लगायतका धेरै आरोप रास्वपाकै सांसदहरुले सरकारमाथि लगाएका छन् । त्यसरी आफ्नै पार्टीका सांसदहरु सरकारको विरोधमा उत्रिएपछि उनीहरुलाई थामथुम पार्न प्रधानमन्त्री साहले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरिरहेको सूत्रले दाबी गरेको छ ।
सरकारसँग पार्टी सभापति लामिछाने समेत सन्तुष्ट हुन नसकेको हुनलो पनि प्रधानमन्त्री साहले आफ्नो मन्त्रिपरिषद्मा रहेका झण्डै आधा दर्जन भन्दा बढी मन्त्रीलाई विदा गरेर नयाँ अनुहारलाई मन्त्री बनाउने तयारीमा रहेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग समेत प्रधानमन्त्री सन्तुष्ट हुन नसकेको र सञ्चार तथा सूचनामन्त्रीले सञ्चार जगत्सँग राम्रो सम्बन्ध कायम गर्न नसकेको, स्वास्थ्यमन्त्री कृषिमन्त्री श्रममन्त्री, उद्योगमन्त्री तथा आपूर्तिमन्त्री, पर्यटनमन्त्री लगायतका केही मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्री बनाउने तयरीमा साह रहेका भएपनि सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भने हटाउन नदिने सूत्रले दाबी गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयमा रहेका प्रधानमन्त्रीका सहयोगीहरुका बारेमा समेत पार्टी सभापति लामिछाने असन्तुष्टि रहेका र केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सहित आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जुन व्यवहार गरियो सो विषयमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री साहसँग असन्तुष्टि जनाइसकेका हुनाले पनि बालेन सरकार संकटमा पर्दै जाने प्रायः निश्चित जस्तै रहेको छ ।
प्रधानमन्त्रीले केही समय अघि संसदको रोष्ट्रममा उभिएर भारतले मात्र होइन नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि रास्वपाकै सांसदहरुले जमिन कहाँ मिचेको छ त्यसको जवाफ मागिरहेका छन् भने विपक्षी दलहरुले त संसद नै अवरोध गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउँदै आएका हुनाले पार्टी सभापति माथि समेत दवाव सिर्जना भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports