गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका जर्नेलहरूको व्यापक सरूवा, ५ उपरथी र ५ सहायक रथी सरूवामा, को कहाँ ?

260
shares

काठमाडौं । नेपाली सेनाले एक तारे र दुई तारे जर्नेल तहका अधिकृतहरूको सरुवा गरेको छ। सेनाले पाँच–पाँच जना उपरथी र सहायक रथीको जिम्मेवारी हेरफेर गरेको हो। सरुवाको सूचीमा पहिलो नम्बरमा उत्तर पश्चिम पृतना हेडक्वार्टरका उपरथी दिपेशजंग शाह छन्।

ब्याच नम्बर २११४ भएका शाहलाई सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा गरिएको छ। उनी छिट्टै अवकाशमा जाने तयारीमा छन्।यस्तै, उपरथी रविन्द्र खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ। ब्याच नम्बर २१०४ भएका खत्रीले सचिवालयमा निमित्त सहसंयोजकको जिम्मेवारी सम्हाल्नेछन्।

उत्तर पश्चिम पृतना हेडक्वार्टरको निमित्त प्रमुखमा उपरथी पदमबहादुर बुढा आएका छन्। उनी यसअघि कार्यरथी विभागमा कार्यरत थिए। सुदूरपश्चिम पृतना हेडक्वार्टरको जिम्मेवारी उपरथी पवन खत्रीलाई दिइएको छ। उनी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सरुवा भएर त्यहाँ पुगेका हुन्।त्यस्तै, सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत उपरथी शक्तिजंग बस्नेतलाई पूर्वी पृतना हेडक्वार्टर, इटहरीमा सरुवा गरिएको छ। उनले त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्नेछन्। सहायक रथीतर्फ द्रव्यराम भण्डारीलाई उपत्यका पृतना हेडक्वार्टर ल्याइएको छ। उनी यसअघि सैनिक सामग्री प्राप्ति निर्देशनालयमा कार्यरत थिए।

विपद् व्यवस्थापन निर्देशनालयमा रहेका सहायक रथी रन्जित थापालाई कार्यरथी विभाग पठाइएको छ। यस्तै, सहायक रथी किरणराज श्रेष्ठलाई सैनिक सामग्री प्राप्ति निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।यसैगरी, सहायक रथी चुलेन्द्रबहादुर थापालाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ। उनी यसअघि नम्बर १६ वाहिनी अड्डामा कार्यरत थिए। सरुवाको अन्तिम सूचीमा रहेका सहायक रथी सञ्जयकुमार रञ्जितलाई राष्ट्रिय सेवा दलबाट आपूर्ति तथा परिवहन निर्देशनालयमा पठाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports