काठमाडौ उपत्यकामा ५२६ रोहिंग्या शरणार्थी
वि.सं.२०८३ साउन २३ शनिवार ११:०६
shares

काठमाडौं । काठमाडौं उपत्यकामा ५२६ जना रोहिंग्या शरणार्थी रहेको पाइएको छ ।
भारत हुँदै देशका विभिन्न सीमानाका नेपाल प्रवेश गरेका उनीहरु काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, र सुनकोठीमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।५२६ जना रोहिंग्यामा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका रहेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए ।
प्रवक्ता काफ्लेले उनीहरुको प्रवेश नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरीलाई हाइअलर्टमा राखिएको जानकारी दिए ।हालै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको बताएका थिए ।





































