linktrix Long Ad
Salt Trading Long Ad

५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको निधन

156
shares

काठमाडौं । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको निधन भएको छ । कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको निधन भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको  बताए । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको निधन भएको छ ।जसमा झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको निधन भएको छ । यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् भने धनुषा र रौतहटमा १–१ जना गरी कुल २ जनाको निधन
भएको छ ।

यसैगरी दाङमा १ जनाको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका हुन् । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ । यो मान्छेबाट मान्छेमा भने सर्दैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports