यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
वि.सं.२०८३ साउन २६ मंगलवार १६:४४
shares

काठमाडौँ । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ ।





































