२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

624
shares

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरेका थिए ।तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले स्थगित गरिएको हो ।

खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यो प्रस्तावमा गणपुरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय सुरु हुन्थ्यो ।अब अर्को बैठकमा गणपुरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ । भदौ १ गते सम्मका लागि बैठक स्थगित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports