भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण

130
shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सिभिल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वसांसद एवं उद्यमी इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध कसूरमा अभियुक्तहरूलाई कसूरको गम्भीरता अनुसार कैद, जरिवाना तथा बिगो भराउनेसम्बन्धी फैसला सुनाएको हो । अदालतले मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । साथै, जाहेरवालाहरूको कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ३९ रुपैयाँ ८२ पैसा प्रतिवादीहरूबाट दामाशाही हिसाबले जाहेरवाला बचतकर्ताहरूलाई भरारइदिने आदेश गरिएको छ ।

न्यायाधीश बोहराको इजलासले दोषी ठहर भएका प्रतिवादी प्रवीणप्रसाद प्रधानर केशवलाल श्रेष्ठलाई जनही ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर (कंसाकार), सिर्जना शाक्य (तामाङ) र लालकाजी गुरुङलाई जनही १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद सजाय र ५ हजार जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै मीना गुरुङलाई ५ महिना कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports