काठमाडौं उपत्यका सहित देशका बिभिन्न भागमा मेघगर्जन र असिना पानी सहितको बर्षा
वि.सं.२०८३ असोज २० मंगलवार १६:०९
shares

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सवा ३ बजेको आसपासमा काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक र दोलखा तथा कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा हावाहुरी, मेघगर्जन र असिनापानी परेको हो।
काठमाडौं उपत्यकामा मेघगर्जनसहित असिनापानी परिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना देखिएकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।





































