२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतमा चारजना न्यायाधीशको सिफारिस

143
shares

काठमाडौं । न्यायपरिषद्ले न्यायाधीशहरूको वरीयताक्रम, अनुभव र कार्यक्षमताको मूल्यांकन नगरी सर्वोच्च अदालतमा चारजना न्यायाधीशको सिफारिस गरेको छ ।

मंगलबारको न्यायपरिषद्को बैठकले उच्च अदालतका एक मुख्य न्यायाधीश सहित अरु तीन न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेको हो ।सर्वोच्च अदालतमा पाँचजना न्यायाधीश सिफारिस गर्न मिल्नेमा एउटा पद भने खाली राखिएको छ ।उच्च अदालतको मुख्य न्यायाधीशमा पहिलो वरीयतामा रहेका पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्चमा सिफारिस भएका छन् । २०६६ सालदेखि न्यायसेवामा प्रवेश गरेका उनी दुई वर्षदेखि उच्च अदालतको मुख्य न्यायाधीश थिए ।

उच्च अदालतको वरिष्ठताक्रममा रहेका अरू चार मुख्य न्यायाधीश र थप चार न्यायाधीश छाडेर न्यायपरिषद्ले पाँचौं नम्बरका चन्द्रबहादुर सारुलाई सर्वोच्चमा सिफारिस गरेको छ ।यसरी सिफारिस गर्दा उच्च अदालतका मुख्य न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी छुटेका छन् ।सारुभन्दा अगाडीको वरिष्ठताक्रममा रहेका उच्च अदालतका न्यायाधीशहरू दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई र टेकनारायण कुँवर पनि सर्वोच्चमा सिफारिस भएनन् ।

पाँचौ क्रमका सारुपछि न्यायपरिषद्ले ११ औं बरियताका जनक पाण्डेलाई सिफारिस गरेका हुन् । त्यसपछि १४ औं वरीयताका गोकर्ण डाँगी सर्वोच्चमा सिफारिस भएका छन् । बागचन्द २०७० सालमा र अरु सबै न्यायाधीश २०७३ सालमा उच्च अदालतमा सिफारिस भएका हुन् ।न्यायपरिषद्का एक सदस्यका अनुसार, नेपाल बार एशोसिएसन तथा कानून व्यवसायी वृत्तबाट हुने विरोध र आलोचना रोक्न एकजनाको नाम सिफारिस नगरी रिक्त राखिएको हो ।

‘कानून व्यवसायी समूदायबाट खै प्रतिनिधित्व भनेर प्रश्न उठ्नसक्छ, त्यसका लागि तपाईंहरूको कोटा बाँकी छ भनेर देखाउन एउटा पदमा सिफरिस नभएको हो,’ ती सदस्यको दाबी छ, ‘यसअघि प्रधान्यायाधीश प्रकाशमानसिंह राउतको पालामा जे भएको थियो, त्यही शैली अपनाइयो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports