२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार फ्रान्सिस हाल्जेनले पाँए

221
shares

काठमाडौं । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो ।हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने अवधारणा ल्याएका थिए । उनले सन् १९८८ मा पहिलोपटक यो योजना प्रस्तुत गरेका थिए ।

न्युट्रिनोहरू ब्रह्माण्डभरि फैलिएका हुन्छन् । यी कणहरू पृथ्वी र मानव शरीरबाट सहजै पार हुन्छन् । कहिलेकाहीँ मात्र न्युट्रिनो कुनै एटमिक न्युक्लियससँग ठोक्किन्छ । एटमिक न्युक्लियससँग ठोकिँदा उत्पन्न हुने प्रकाशको चमकलाई सफा बरफमा राखिएका सेन्सरहरूले रेकर्ड गर्छन् ।

यसै सिद्धान्तका आधारमा दक्षिण ध्रुवमा एक क्युबिक किलोमिटर क्षेत्र ओगटेको आइसक्यूब अब्जर्भेटरी सन् २०११ मा निर्माण गरिएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports