२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको नेतृत्वमा मोदीको २५ बर्ष पुरा, आज बिहानै मन्दिर पुगे गरे पुजापाठ

156
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) सरकारको नेतृत्व गरेको २५ वर्ष पूरा गरेका छन् ।

सन् २००१ को अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री बनेसँगै सुरु भएको मोदीको यात्रा सन् २०१४ मा उनले प्रधानमन्त्रीको पद सम्हाले । त्यसपछि उनी लगातार तीन कार्यकाल प्रधानमन्त्रीका रूपमा रहेका छन् ।

यस अवसरमा मोदीले बुधबार बिहानै नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चना गरे ।सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा केही तस्वीरहरु साझा गर्दै उनले लेखेका छन्– आज नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चना गरेँ । मैले देशभरका मेरा नागरिकहरूको सुख, समृद्धि र सुस्वास्थ्यका लागि भगवान् श्री गणेशसँग प्रार्थना गरेँ । विघ्नहर्ताको कृपाले सबैको कल्याण होस् र राष्ट्र निरन्तर प्रगतिपथमा अघि बढिरहोस् ।

मोदीले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । त्यहाँ उनको कार्यकाल १२ वर्षभन्दा बढी रहेको थियो ।त्यसपछि मोदी भाजपाका प्रधानमन्त्री पदका उम्मेदवार बने र सन् २०१४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाए ।मोदी सरकारको २५ वर्ष पूरा भएको अवसरमा भाजपाले एक महिना लामो ‘सेवा संकल्प अभियान’ सञ्चालन गरिरहेको छ ।

यो अभियान मोदीको जन्मदिन अर्थात् १७ सेप्टेम्बरमा सुरु भएको हो । अभियानमा रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, कल्याणकारी सहयोग कार्यक्रम, प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा अन्य जनसेवामूलक कार्यक्रमहरु भइरहेको भाजपाले जनाएको छ ।यसैबीच, भाजपाले आज देशभरका राज्यहरूमा मसाल मार्च, मोटरसाइकल तथा साइकल र्‍याली लगायतका कार्यक्रमहरू पनि आयोजना गर्दैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports