नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको नेतृत्वमा मोदीको २५ बर्ष पुरा, आज बिहानै मन्दिर पुगे गरे पुजापाठ

767
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) सरकारको नेतृत्व गरेको २५ वर्ष पूरा गरेका छन् ।

सन् २००१ को अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री बनेसँगै सुरु भएको मोदीको यात्रा सन् २०१४ मा उनले प्रधानमन्त्रीको पद सम्हाले । त्यसपछि उनी लगातार तीन कार्यकाल प्रधानमन्त्रीका रूपमा रहेका छन् ।

यस अवसरमा मोदीले बुधबार बिहानै नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चना गरे ।सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा केही तस्वीरहरु साझा गर्दै उनले लेखेका छन्– आज नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चना गरेँ । मैले देशभरका मेरा नागरिकहरूको सुख, समृद्धि र सुस्वास्थ्यका लागि भगवान् श्री गणेशसँग प्रार्थना गरेँ । विघ्नहर्ताको कृपाले सबैको कल्याण होस् र राष्ट्र निरन्तर प्रगतिपथमा अघि बढिरहोस् ।

मोदीले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । त्यहाँ उनको कार्यकाल १२ वर्षभन्दा बढी रहेको थियो ।त्यसपछि मोदी भाजपाका प्रधानमन्त्री पदका उम्मेदवार बने र सन् २०१४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाए ।मोदी सरकारको २५ वर्ष पूरा भएको अवसरमा भाजपाले एक महिना लामो ‘सेवा संकल्प अभियान’ सञ्चालन गरिरहेको छ ।

यो अभियान मोदीको जन्मदिन अर्थात् १७ सेप्टेम्बरमा सुरु भएको हो । अभियानमा रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, कल्याणकारी सहयोग कार्यक्रम, प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा अन्य जनसेवामूलक कार्यक्रमहरु भइरहेको भाजपाले जनाएको छ ।यसैबीच, भाजपाले आज देशभरका राज्यहरूमा मसाल मार्च, मोटरसाइकल तथा साइकल र्‍याली लगायतका कार्यक्रमहरू पनि आयोजना गर्दैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports