२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बसेको मन्त्रिपरिषदको बैठकले भूमी, बन र विपद्सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

416
shares

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अध्यादेश ल्याउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद्‌सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने ।रसुवाको भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागिएको उनले प्रष्ट पारे ।

हाल बेपत्ता भएको १२ वर्षपछि मात्रै व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था रहेकोमा अब उक्त व्यवस्थालाई छोट्याएर ४५ दिन बनाउने गरी अध्यादेश ल्याउन उनले बताए । यस्तै, सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरणतर्फको राज पत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports