कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, प्रतिस्पर्धी खड्गीलाई कति मत ?
वि.सं.२०८३ असोज २४ शनिवार ०९:२३
shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा पुन: गगनकुमार थापा निर्वाचित भएका छन्।
काठमाडौँको राष्ट्रिय सभागृहमा केही बेरअघि सकिएको मतगणनाको नतिजाअनुसार थापा सभापति पदमा विजयी भएका हुन्।कांग्रेसको निर्वाचन समितिका अनुसार ६ हजार ५८४ मत ल्याएर थापा सभापति पदमा निर्वाचित भएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत मात्र पाएका छन्।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए। जसमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनएको छ।





































