२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौ उपत्यकामा चिसो बढदै, न्यूनतम तापक्रम घटदो क्रममा

468
shares

अघिल्लो दिन शुक्रबारको तुुलनामा आज शनिबार काठमाडौँ उपत्यकामा चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियसमा झरेको हो।अझ यो प्रारम्भिक मापन हो। आजको न्यूनतम तापक्रमको अन्तिम अर्थात् आधिकारिक मापन अहिले बिहान ८:४५ बजे गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू घट्ने सम्भावना हुन्छ।

हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियोे। यस हिसाबले हिजोभन्दा आज काठमाडौँ उपत्यकामा चिसो बढेको छ।त्यसो त मनसुन बािहिरिएर पश्चिमी वायु भित्रिएयता देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports