२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लगानी बोर्डका पूर्वसीइओ सुशील भट्ट पक्राउ

559
shares

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो।प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो।

इनम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउका बेला उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा सापकोटा समातिएका थिए। हिरासतमै रहेका उनीबारे प्रहरीले छानबिन गरिरहेको छ।प्रहरीका एक उच्च अधिकारीका अनुसार सापकोटाको बयान र मोबाइलबाट प्राप्त सूचनाका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

सुशील भट्ट सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका दीपक भट्टका दाइ हुन्। दीपकलाई चोलेन्द्र पक्राउलगत्तै ललितपुरको नक्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको छ। शनिबार पक्राउ गरिएका सुशील भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports