नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको निधन

221
shares

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको निधन भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएका भारतीय मिडियाहरूले जनाएका छन् ।

२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नबले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात आज बिहानपख करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न सुरु गरेको थियो । यो क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमबीच पर्छ ।चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लाहरूमा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।

भारतका प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।चक्रवात जमिनमा प्रवेश गरेपछि हावाको गति पनि घट्दै गएको छ । त्यसैले सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ ।दिउँसोसम्म कमजोर भएर सामान्य चक्रवाती आँधीमा र साँझसम्म अझ कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान छ ।

यस चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान नेपालका मौसमविदले गरेका छन् ।मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद बिनु महर्जनका अनुसार यसको प्रभावको संकेत आजदेखि नै देखिने छ । बिहीबार रातिदेखि भने उच्च हिमाली भेगमा हिमपात तथा अन्य स्थानमा वर्षा हुने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । एक–दुई ठाउँमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

त्यसैले उच्च हिमाली भेगमा नजान, गइसकेको भए तल सुरक्षित स्थानमा ओर्लिन र जोखिमयुक्त क्षेत्रमा सजगता अपनाउन उनले आग्रह गरेकी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports