नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओलीको देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी

221
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले अहिले देशले स्वतन्त्रता उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको दाबी गरे ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ ग्रहण गराउँदै ओलीले देशलाई कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलनको तयारी गर्नुपर्ने बताए ।‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कम्तीमा स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने ।

उनले देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । यस्तो अवस्थालाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए ।

पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढे मात्रै कार्यकर्तामा उत्साह भर्न, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र पार्टीको अभिभारा पूरा गर्न सकिने उनले बताए । गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । कार्यक्रम महासचिव शंकर पोखरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports