२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ममता काफ्लेको हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर

91
shares

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् ।

भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित जुरीले सन् २०२४ मा आफ्नै श्रीमती ममताको हत्या गरेको अभियोगमा नरेशलाई दोषी ठहर गरेको हो ।जुरीले उनलाई शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोगमा समेत दोषी ठहर गरेको छ ।

उनको सजाय निर्धारण आगामी मार्च १२ का लागि तय गरिएको छ ।भट्टको हत्या मुद्दामा मंगलबार अन्तिम बहस सकिएपछि अदालतले फैसला सुनाएको हो ।

अदालतमा बयान दिने क्रममा नरेशले घरमा पत्नी मृत अवस्थामा भेटिएको र आफूले डरका कारण शव टुक्रा पारेर फालेको स्वीकार गरेका थिए । तर, हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए । ममताको शव अझै फेला परेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports