चितवन राइनोज २४ रनले पराजित
वि.सं.२०८३ कात्तिक २९ आइतवार १६:३२
shares

काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।
कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा सर्वाधिक ३ विकेट लिए । चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा समान २ चौका र छक्का मदतमा सर्वाधिक २५ रन बनाए । देव खनालले १३ बलमा ३ चौका प्रहार गरी १४ रन जोडे ।


































