पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर महिनामा कुन बैकले कति ब्याज दिन्छन ?

728
shares

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज सानिमा बैंकले दिने भएको छ। बैंकले व्यक्तिगततर्फ ४.५० प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९० प्रतिशतमा झरेको छ। कात्तिकमा यस्तो दर ४.०१ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि कात्तिकको ३.०३ प्रतिशतबाट घटेर मंसिरमा २.९९ प्रतिशत कायम भएको छ।व्यक्तिगत मुद्दती निक्षेपमा सानिमापछि प्रभु र एनएमबी बैंकले समान ४.२५ प्रतिशत ब्याज दिने भएका छन्। नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर तोकेको छ। ग्लोबल आइएमई, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंकले समान ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यस्तै, एभरेस्ट, लक्ष्मी सनराइज र नबिल बैंकले समान ३.७५ प्रतिशत ब्याज दिने भएका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत, सिद्धार्थ बैंकले ३.६६ प्रतिशत, कृषि विकास र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समान ३.६५ प्रतिशत तथा कुमारी बैंकले ३.६१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.५० प्रतिशत ब्याज दिने भएको छ।संस्थागत मुद्दती निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याज दिने भएको छ। नेपाल बैंकले ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ। हिमालयन, एभरेस्ट, लक्ष्मी सनराइज र एनएमबी बैंकले समान ३.२५ प्रतिशत ब्याज दिने भएका छन्।

सिद्धार्थ बैंकले संस्थागत निक्षेपमा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ। राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले समान ३ प्रतिशत ब्याज दिनेछन्। बाँकी ग्लोबल आइएमई, कृषि विकास, प्रभु, कुमारी, नेपाल एसबीआई, सिटिजन्स, प्राइम कमर्सियल, नबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दती निक्षेपमा समान २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports