२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम रोएल्स लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश

39
shares

काठमाडौं । थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शन चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई  पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविन मालानको अविजित ७१ रन मदतमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्ससँग शनिबार खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग नै पराजित भएको सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो ।  सुदूरपश्चिमका लागि थरिन्दुले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका प्रहार गरे । थरिन्द्रले विजयी चौका प्रहार गरेका थिए ।

आक्रमक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले १३ बल खेल्दै १ चौका र २ छक्का मदतमा २३ रन जोडे । पहिलो विकेटका लागि विनोदले जर्ज मन्सेसँग २३ रनको साझेदारी गरेका थिए । तर ओपनर जर्ज मन्सेल भने लगातार दोस्रो खेलमा प्रभाव पार्न सकेनन् । उनी १५ बल खेलेर ८ रनमा आउट भए । वान डाउनमा ब्याटिङ गरेका स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५-४ को स्थितीमा पुगेको थियो । त्यसपछि थरिन्दुले पाँचौ विकेटका लागि कप्तान दीपेन्द्र सिंह ऐरीसँग ३१ र छैटौं विकेटका लागि आरिफ शेखसँग २६ रनको साझेदारी गरे । कप्तान दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेख १० रन बनाएर आउट भए ।

तर थरिन्दुले एक छेउ सम्हाल्दै सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए । बलिङमा चितवनका लागि रन्जित कुमारले २ तथा कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १-१ विकेट लिए । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २३३ रन बनाएको थियो । चितवनका मालानले अविजित ७१ रन बनाए ।

ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मालानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे । मालानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे । आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्का मदतमा १८ रन जोडे । यस्तै कमल सिंह ऐरीले ८ बलमा १ छक्का मदतमा १० रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कमिलश मिशारा ४, देव खनाल ६ रनमा आउट हुँदा, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३, उसामा मिर २ रन बनाएर आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports