kumari
stcnepal

प्रदेश १ स्तरीय मौलिक लोकबाजा १० दिने प्रशिक्षण धरानमा सम्पन्न

काठमाडौं । प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । कार्यक्रम फागुन २० बाट ३० गतेसम्म सञ्चालन भएको थियो ।

विभिन्न १० जिल्लाबाट आउनुभएका ३०जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा प्रशिक्षण कार्यक्रम संयोजक प्राज्ञ अशोक राई सभापति तथा सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख अतिथि रहनु भएको थियो ।

त्यसैगरि राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीहरुको उपस्थितिमा समापन समारोह कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राज्ञ श्याम तमोटले शिक्षा मन्त्रालयसंग समन्वय गरि प्रतिष्ठानले तयार पारेको मौलिक लोकबाजा पाठ्यपुस्तक अनुसार स्कुल स्तरमा प्रशिक्षण गराउन पहल गर्ने बताउनु भयो ।

प्रसस्त ब्यावसाहिक मौलिक लोकबाजा बाध्यबादक उत्पादन गर्ने उदेश्यका साथ यो प्रशिक्षण अभियान थालिएको कार्यक्रमका सभापति तथा संयोजक प्राज्ञ अशोक राईले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रम धरान स्थित मुनाल साँस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको थियो । अब चैत २२ बाट बिषेशतः थारु समुदायलाई लक्षित गरि दाङमा लुम्बिनी प्रदेश स्तरीय थारु मादल प्रशिक्षण गराईने कार्यक्रम संयोजक संगीत बिभाग प्राज्ञ अशोक राईले बताएका हुन् ।

footer