नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङको सह्रानीय काम

767
shares

काठमाडौ । २०२० सालमा पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो स्थापना कालदेखि नै उत्कृष्ट काम गर्दै आएको छ । विभिन्न बाधा अड्चन पार गर्दै उसले सरकारलाई महत्वपूर्ण सहयोग पु¥याएको र नुनको व्यापार गरेर नेपाली जनतालाई लुलो, लंगडो हुनबाट जोगाउँदै मुलुकभरमै आयोडिनयुक्त नुनको विक्रि वितरण गरिरहेको छ ।

साल्टले नुनलगायत चीनी, चामल, दाल, कागज, ग्यास, गेडागुडी लगायत अति आवश्यक सामाग्रीको विक्रि वितरण गरेर नेपाली जनतालाई ठुलो गुण लगाएको छ । त्यति मात्र होइन उसले सरकारले आफ्ना जनतालाई दिनुपर्ने सेवा सुविधा सर्वसुलभ रुपमा उपलब्ध गराउने दायित्व समेतको जिम्मेवारी लिएको छ । एकातिर उसले जनताको हितमा विभिन्न कार्य गरिरहेको छ भने अर्कोतिर सामाजिक दायित्व समेत निभाउँदै प्रत्येक वर्ष विभिन्न विधामा विभिन्न क्षेत्रका संघ, संस्था र व्यक्तिहरुलाई पुरस्कृत समेत गर्दै आएको छ । साल्ट्रले विभिन्न खालका पुरस्कारहरुको स्थापना समेत गरी विभिन्न क्षेत्रका व्यक्ति, संस्था र आफ्नै कर्मचारी र कर्मचारीहरुका छोराछोरीलाई समेत पुरस्कृत गर्दै आएको छ ।

साल्टले आफ्नै संस्थाका पूर्व कर्मचारी देखि त्यही संस्थामा महापबन्धक सम्म बन्न सफल भएका हेमबहादुर मल्ल पुरस्कारको स्थापना गरी आफ्ना पूर्व महाप्रबन्धको सम्झना गर्दै प्रत्येक वर्ष हेमबहादुर मल्ल पुरस्कार प्रदान गर्दै आएको छ । साल्ट टेडिङ्ग कर्पोरेशनले हालै एक पत्रकार भेटघाट कार्यक्रम गरी २०७३ सालको हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग र २०७४ को हेमबहादुर मल्ल पुरस्कार तिलगंगा आँखा अस्पतालका डा. रुइत लाई दिने घोषणा गरेको छ ।

साल्टले पुरस्कृत हुने व्यक्ति भने आफैँ छान्दैन त्यसको जिम्मेवारी उसले जनप्रशासन संघलाई दिएको छ । जन प्रशासन संघमा सरकारका पूर्व विशिष्ठ व्यक्तिहरु लगायत अन्य धेरै बुद्धिजीवि, पूर्व राजदूतहरुको संलग्नता भएकाले त्यसले निष्पक्ष रुपमा व्यक्तिको छनोट गर्ने भएकाले आज सम्म त्यो पुरस्कार पाउने व्यक्तिको बारेमा कुनै टिका टिप्पणी हुने गरेकोे छैन ।

त्यसैले त्यो पुरस्कार पाउने व्यक्ति उच्च मनोबलका र योग्य ठहरिन्छन् साल्टको यस्तो सामाजिक कार्यको अन्य सबै संघ संस्थाहरुले अनुकरण गर्न सकेको खण्डमा मुलुकको हितका लागि काम गर्ने व्यक्तिहरुको मनोबल बढ्न सक्छ । त्यसैले साल्टको कार्यलाई सरकार र सबै तहबाट सहयोग र समर्थन गर्नु उचित हुन सक्छ । साल्टले हेमबहादुर मल्ल पुरस्कार २०५९ सालमा स्थापना गरेको हो । हालसम्म प्रत्येक वर्ष उसले पुरस्कार विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुलाई एक कार्यक्रमबीच प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports