सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकारको दुई तिहाईको दम्भको हावा खुस्कियो

598
shares

काठमाडौ । झण्डै दुई वर्ष अघि गठन भएको नेपकाको केपी ओली नेतृत्वको सरकार अहिले नेकपाकै एकलौटी सरकारमा परिणत भएको छ । सत्तामा सहभागि भएको समाजवादी पार्टीले सत्ता छोडेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि विपक्षी दलहरु बलियो अवस्थामा देखिएका छन् ।

समाजवादी पार्टी र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच संविधान संशोधनको विषयमा दुई बुँदे सहमति भएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारमा सामेल भएको थियो । राष्ट्रिय जनता पार्टीले समेत ओली नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि उसले आफूले उठाएका माग सम्बोधन नगरेको भन्दै एक वर्ष अघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समाजवादी पार्टी र राजपाले संविधान संशोधनको मुद्दालाई लामो समयदेखि उठाइरहेका छन् । संविधान निर्माणकै बेला उनीहरुले संविधान सभा छोडेर आन्दोलनमा गएका थिए । उनीहरुकै आग्रहमा भारतले त्यसबेला नेपालमाथि अघोषित नाकाबन्दी समेत लगाएको थियो । भारतले त्यसैबेला पनि मधेशवादी दलहरुका मागलाई सम्बोधन गर्न र संविधान जारी गर्ने कार्यलाई केही समयपछि सार्न सरकारसँग आग्रहगरेपनि २०७२ साल असोज ३ गते संविधान जारी गरिएको थियो ।

त्यसैबेला देखि मधेशवादी दलहरुले संविधानले मधेशलाई र मधेशी जनतालाई भेदभाव गरेको भन्दै संविधानसँग असन्तुष्ट रहिआएका थिए । त्यति हुँदाहुँदै पनि समाजवादी पार्टी सरकारमा गएको थियो । उसलाई सरकारमा लैजान तत्कालिन नेकपा एमाले र माओवादीले समाजवादी पार्टीसँग दुईबुँदे सहमति गरेका थिए । त्यसको प्रमुख बुँदामा संविधान संशोधनको कुरा रहेको थियो । तर लामो समयसम्म पनि सत्ताधारी दलले संविधान संशोधनलाई प्राथमिकतामा नराखेको भन्दै समाजवादी पार्टी र राजपाले असन्तुष्टि जनाउँदै आएका थिए । त्यसैको फलस्वरुप दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

अब प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई नेकपाका १७४ सांसद बाहेक राष्ट्रिय जनमोर्चा १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र सांसद एक गरी जम्मा १७७ सांसदको समर्थन रहेको छ । २०७४ फागुनमा ओली सरकार गठन हुँदा कुल सदस्य संख्या २७५ रहेकोमा संसदमा उपस्थित सांसद २६८ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत परेको थियो भने विपक्षमा ६० मतमात्र रहेको थियो । तर अहिलेको अवस्थामा केही भिन्नता रहेको छ जसमा सरकारको विपक्षमा नेपाली कांग्रेसका ६३, समाजवादी पार्टीका १७, राजपाका १७ र नेपाल मजदुर पार्टीका १ गरी ९९ मत रहेको छ ।

यसभन्दा अगाडि ओली सरकारसँग दुई तिहाईको मत रहेकोमा अब त्यो दुई तिहाई गुमेको छ । दुई तिहाईका लागि अहिले सरकारका पक्षमा १ सय ८३ मतको आवश्यकता पर्दछ । अहिले सरकारसँग भएका राप्रपा, जनमार्चा र स्वतन्त्र सांसदले समेत मुद्दा हेरेर समर्थन र विरोध गर्न सक्ने भएकाले सरकारसँग भएको मतलाई हेरेर अनुमान गर्न सकिने अवस्था नभएको र नेकपाकै सांसद कृष्ण बहादुर महरासमेत जेलमा रहेका र सामान्यतया सभामुखले मतदानमा भाग लिए नपाउने अवस्था रहेकोले सरकारको पक्षमा १ सय ७३ मत मात्र रहने निश्चित छ । यसले ओली सरकारलाई राज्य सञ्चालनमा कुनै बाधा विरोध नभएपनि संविधान संशोधनका लागि दुई तिहाईको आवश्यकता पर्दछ ।

संविधान संशोधन बाहेक अन्य विषयमा दुई तिहाई आवश्यक नपर्ने भएकाले अहिले नै ओली सरकारलाई कुनै संकट देखिँदैन । यसभन्दा अगाडि ओली सरकारले दुई तिहाईको दम्भ देखाएर केही नीतिगत निर्णय गर्दै आएको र पार्टीगत स्वार्थ समेत गर्दै आएकोमा अब त्यस्तो कार्य रोकिन सक्छ तर हालै नेकपाले राजपासँग २ बुँदे सहमति गरेर राष्ट्रिय सभाको निर्वाचनमा जाने निर्णय गरेको हुनाले नेकपा र ओली सरकारले राजपालाई लालिपप देखाउँदै सरकारमा लगेर आफ्नो पक्षमा दुई तिहाई मत कायम राख्ने कसरत गर्न सक्ने सम्भावना भने ज्यूँदै रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports