विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देवाही गोनाहीका मेयर र उनका सहयोगी धरौटीमा रिहा

507
shares

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगी सहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेल विरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलि पल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामवशिस्ट यादवले जानकारी दिएका छन् ।

मेयर पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौडा बाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका थिए।

अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात् अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभए सम्म जारी रहने अख्तियारले जनाएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports