विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागे

572
shares

दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

उनले आज बिहान पार्टीको साधारण सदस्य समेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मिति देखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारी बाट राजीनामा दिएको घोषणा गर्दछु ।’ उनले अब देखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए । यसैबीच सोमबार बसेको नेकपा माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेको छ । जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुन (सुवास)ले पाइसकेका थिए ।

बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुमा पनि नेताहरूको जिम्मेवारी तोकेको छ । जस अनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा कृष्णबहादुर महराका छोरा निर्मल महराले पाएका छन् । प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् ।

यसैगरी तुलसीपुर उपमहानगर इञ्चार्जमा प्रेमराज वली र लमही नगरपालिका इञ्चार्जमा बसन्तराज शर्मा (विक्रान्त) चयन भएका छन् । राप्ती गाउँपालिका चित्रबहादुर थापा, गढवा गाउँपालिकामा यमनारायण पोख्रेल (विश्वास), राजपुर गाउँपालिकामा चक्रबहादुर खड्का, बंगलाचुलीमा चुडामणि नेपाली, दंगीशरणमा हिरालाल चौधरी, शान्तिनगरमा राधिका परियार र बबई गाउँपालिकामा पुनम शेर्पालीले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports