विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होलीमा झगडा गरेको अभियागमा ३ जना पक्राउ

663
shares

काठमाडौं । फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् ।

गत बिहीबार होलीका वेला किशोर किशोरी बीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुई जनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले  बताए । उनका अनुसार पक्राउ परेकाहरुले नाइन स्टिक (दुई तिर काठ र बीचमा सिक्री भएको सामाग्री) ले प्रहार गरेर १८ वर्षीय साजन लामा र अर्का एक जनालाई घाइते बनाएका थिए ।

घटना लगत्तै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा खबर गरेका थिए । त्यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूअारटी) पुगेको थियो । त्यति वेला प्रहरी सँग पनि सामान्य घम्साघम्सी भएको थियो । तर झगडा गर्नेहरु पक्राउ परेका थिएनन्, प्रहरीले दुई जना पीडितलाई उद्दार गरेर ट्रमा सेन्टर पुर्‍याएको एसपी मैनाली बताउँछन् । महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्लका अनुसार फागु पूर्णिमाको दिन कोहिटीका व्यक्तिहरुले लगनका केही व्यक्तिलाई खुकुरी प्रहार गरेका थिए । त्यसको प्रतिशोधमा अर्को दिन लगनमा गएर त्यहाँका व्यक्तिहरुले कुटपिट गरेको मल्लले बताए ।

‘खुकुरी प्रहार गर्ने व्यक्तिलाई पहिल्यै कालिमाटी प्रहरीले पक्राउ गरिसकेको थियो’ उनले भने, ‘तर मुख्य व्यक्ति अझै पक्राउ नपरेको भन्दै उनीहरु आफैं कुटपिट गर्न गएका रहेछन् ।’ पक्राउ परेकाहरु माथि अनुसन्धान गर्न मुलुकी अपराध संहिता, २०७४ को अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं बाट ५ दिन म्याद थप गरिएको एसपी मैनालीले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports