प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाए

611
shares

काठमाडौं । नेपाललाई कोरोना भाइरस विरुद्धको खोप सबै भन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्री सहित सबै भन्दा बढी खोप उपलब्ध गराएको हो ।

चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ । चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाले जानकारी दिए ।

नेपालमा हाल सम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरस विरुद्धको खोप प्राप्त भएको छ । ती मध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो । उनका अनुसार चीन सरकार सँग खरिद गरेर सरकार बाट सरकार (जिटुजी)मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४००, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो । यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।

नेपालमा अहिले सम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । चीन सहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports