सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी र कांग्रेस हात्ती र हात्तीछाप चप्पलजस्ता

481
shares

काठमाडौं । कांग्रेस हेर माओवादी हेर्न नपर्ने, माओवादी हेरे कांग्रेस हेर्न नपर्ने । एउटै सिक्काका दुई पाटाजस्ता पो भए कांग्रेस माओवादी । यिनकै पछि लागेका छन् राष्ट्रिय जनमोर्चा, जसपा । अब लोसपा पनि पछि लाग्ने सुरसारमा छ । खुट्टा उचालिसकेको छ ।

न सिद्धान्तमा भिन्नता, न नीति कार्यक्रममा । अनैतिक आचरणदेखि भ्रष्टाचारसम्म मिलिभगत । सत्तामा बस्ने र हैसियत अनुसारको भाग खोज्ने । क्या गजबको लोकतन्त्र आयो नेपालमा । भन्नलाई एउटा म समाजवादी भन्छ, अर्को जनवादी । अर्को मधेसवादी, अर्को प्रगतिशील । व्यवहारमा काले काले मिलेर खाउँ भाले । यस्तो लोकतन्त्र संसारमै पाउन मुस्किल छ ।

यी कस्ता पार्टी हुन् । होनहार कार्यकर्ता, बुद्धिजीवी सबै छन् तर विवेकशील बनेर बोल्दैनन् । बोल्नै सक्दैनन् । स्वार्थले यसरी बेरिएका छन् कि होनहार नेताहरु आफैमा खिया लागेर बसेका छन् । शीर्ष नेतृत्व जति गल्ती गरिरहे पनि सुध्रिन चाहदैनन्, तल्लो नेतृत्व हेरिरहन्छन्, बोल्दैनन् ।
अब सर्वहारावादी र समाजवादी पनि हात्ती र हात्तीछाप चप्पलजस्तै भए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports