सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिए
वि.सं.२०७८ चैत १६ बुधवार १२:४४
shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समिति बाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।



































