विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनमा ४० वर्ष सम्म धान्ने पूर्वाधार बनाइदिन कुलमानलाई प्रचण्डले गरे आग्रह

611
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आगामी ४० वर्ष सम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

आज चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलमानलाई सो आग्रह गरेका हुन् । अहिलेको सब स्टेशनले दुई-तीन वर्ष धान्ने र त्यसपछि फेरि समस्या आउन सक्ने कुरा आफूले सुनेको बताउँदै प्रचण्डले विद्युत प्राधिकरणको सीईओ पदमा रहँदै कुलमानलाई थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन् । ‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई-तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ प्रचण्डले भने ।

मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकासको नयाँ मोडेल बारे सोचिरहेको पनि प्रचण्डले सुनाए । ‘पूरै चितवन, मकवानपुर र नवलपुर सम्मलाई जोडेर विकास प्राधिकरणको अवधारणा बाट छलफल गर्दैछौं,’ प्रचण्डले भने, ‘नारायणीमा धेरै पुलहरु बनाएर विकासलाई नयाँ गति दिन सकिन्छ ।’ उनले भौतिक पूर्वाधार विकासमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह समेत गरे ।

लामो समय सम्म लोडसेडिङको मार व्यहोर्न बाध्य भए पनि अहिले विद्युत निर्यात गर्ने अवस्थामा आइपुगेको स्मरण गर्दै प्रचण्डले अब विद्युतको मद्दत बाट यातायात, कृषि, शिक्षा, सिंचाइ लगायतका क्षेत्रमा आमूल परिवर्तनको दिशामा अघि बढेको बताए । ‘अब त यातायात पनि विद्युतै बाट, चुलोचौको पनि विद्युतै बाट, सिंचाइ पनि विद्युतै बाट सबै चिज विद्युत बाट गर्ने तिर यो देश अगाडि बढ्दै छ,’ प्रचण्डले भने । ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीकरणको क्षेत्रमा प्रगति गरे जस्तै अन्य सबै मन्त्रालयले काम गर्ने हो भने देश बनाउन धेरै वर्ष नलाग्ने प्रचण्डले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports