नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोसपालाई गठवन्धनमा ल्याउने प्रयासमा देउवा

468
shares

काठमाडौँ । सत्ता गठवन्धनले गठवन्धन वाहिररहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्ता गठवन्धनमा ल्याएर स्थानीय तहको निर्वाचनमा जाने रणनिति प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । सत्ता गठवन्धनलाई एउटै डर रहेको छ कतै लोसपा नेकपा एमालेसँग गठवन्धन गर्दछ की भनेर, नेकपा एमालेलाई एकल्याउने रणनिति अनुसार लोसपालाई गठवन्धनमा ल्याएर आफ्नो नेतृत्वको सरकारमा तिन मन्त्री दिने प्र्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरीष्ठ नेता राजेन्द्र महतोसँग त्यस विषयमा पटक पटक वार्ता गरी सकेका छन् ।

लोसपाका नेताहरुले अध्यक्ष ठाकुर र प्रधानमन्त्री बीचमा वार्ता भए पनि ठोस सहमति नभएको वताएका छन् । गठवन्धनमा जान र सरकारमा सहभागी हुन लोसपाले आफूहरुले उठाएका माग सम्वोधन हुनुपर्ने वताउदै आएको छ । लोसपाका माग सम्वोधन गर्न प्रधानमन्त्री तयार रहेको अवस्थामा आफूहरु अहिलेको गठवन्धनमा र सरकारका जान सक्ने लोसपाका नेताहरुले वताएका छन् । लोसपालाई गठवन्धनमा ल्याए जसपाले गठवन्धन तोड्न सक्ने र सरकारवाट फिर्ता हुने धम्की प्रधानमन्त्रीलाई दिईसकेका हुनाले प्रधानमन्त्री देउवाले जसपाका नेताहरुलाई गठवन्धन छोडेर निर्वाचनमा गएको खण्डमा जसपाको नराम्रो हार हुने वताईसकेका छन् । काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका नेताहरुसँग भन्ने गरेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर महानगरकी मेयर दाहाल पुत्रीलाई निर्वाचनमा जिताएमा अन्य ठाँउमा काग्रेसका उम्मेदवारहरुलाई जिताउने दाहालले आश्वासन दिएका छन् भनेर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका ८÷१० जनालाई चुनावमा जिताउँदा अन्य ठाउँवाट काग्रेसका उम्मेदवारहरुलाई उनीहरुले सहयोग गर्ने भएकाले १०÷२० ठाँउमा उनीहरुलाई जिताईदिएमा के फरक पर्दछ त भनेका छन् ।

 

काग्रेसलाई गठवन्धन वनाउन सबै भन्दा सकस भरतपुर महानगरमा नै रहेको छ । माओवादी केन्द्रले भने अहिले आफू आफूले जितेका ठाउमा आफू आफूले लिने र एमालेले जितेका ठाँउमा काग्रेस र माओवादी केन्द्रले भाग लगाउनु पर्ने वताईरहेका छन् । काठमाडौँ महानगरमा एकीकृत समाजवादीले दावी गरीरहेको भएपनि कागे्रसले समाजवादीको दावीलाई अस्वीकार गरेको छ । अहिले नेकपा एमालेले ६ महानगर मध्ये काठमाडौँ महानगर र पोखरा महानगरमा जितेको छ । नेकपा एमालेले भने अब स्थानीय तह मै अवस्था हेरेर तालमेल गर्ने रणतिनि लिएको छ । महानगर वाहेकका ११ वटा उपमहानगरमा पनि सत्ता गठवन्धनले भागवण्डा गर्ने भएकाले गर्दा कुन–कुन दलले कुन–कुन महानगर ,उपमहानगर र नगरपालिका पाउछन् भन्ने टुंगो लाग्न नसकेको भएपनि सम्वन्धति दलहरुले सम्भावित उम्मेदवारहरुको खोजि गरीरहेका छन् । गठवन्धन नै गरेर निर्वाचनमा जाँदा पनि सबै भन्दा ठूलो घाटा काग्रेसलाई हुन छ भने सबै भन्दा फाइदा माओवादी र समाजवादीलाई हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports