सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इनारमा डुबेर दाङमा एकको निधन

481
shares

दाङ। दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् ।चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको नेपाली सेना रण सिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।

इनारमा पानी लगभग २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports