सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनएलजी ईन्स्योरेन्सका अध्यक्षले लिए शपथ

676
shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निवर्तमान अध्यक्ष बिमल प्रसाद वाग्ले सपथ ग्रहण गरेका छन् । कम्पनीको १६औं साधारण सभा बाट निर्वाचित वाग्ललाई कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बीमा समिति बाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३(४) अनुसार कम्पनीको संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी शुरु गर्नु अघि बीमा समितिको अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार अध्यक्ष वाग्लेले समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

वाग्लेले नेपाल सरकारको निजामति सेवा तथा अन्य सरकारी संस्थाहरुमा विभिन्न ओहदामा ३७ वर्ष भन्दा बढीको कार्यअनुभव, विभिन्न सरकारी संस्थानहरुमा संचालक समितिको अध्यक्ष एवं सदस्यको रुपमा कार्य अनुभव रहेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports