सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपी सहित ३२ प्रहरीलाई सप्तरीमा सम्मान

468
shares

सप्तरी। लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपात रहित वैकाशिक सशक्तिकरण (आइडिया नेपाल) ले आईतबार आयोजना गरेको लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवान, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकर साह, सशस्त्र प्रहरीका निरीक्षक किसमान तामाङ्ग, दीपकराज बस्नेत, देवराज पोखरेल, लालबहादुर खड्का, सुभाष पुलामी मगरलगायत छन् । भयावह बन्दै गएको लागूऔषध नियन्त्रण गर्न पछिल्लो समयमा प्रहरीले सक्रियता देखाएका कारण एसपी देखि जवान सम्मका लागि सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष निरज मण्डलले जानकारी दिए ।

‘काम गर्नेको आलोचना मात्रै होइन सम्मान पनि गर्नुपर्छ’ उनले भने, ‘हामीले प्रहरीको मनोबल बढाउनका लागि पनि प्रशंसा पत्र प्रदान गरेका छौं ।’ कार्यक्रममा प्रदेश सांसद अभिषेक यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उनीहरुलाई दोसल्ला र गमछा ओढाइ दिएर प्रशंसा पत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लागूऔषध प्रयोगकर्ता बढिरहेको समयमा प्रहरीलाई मात्रै नभई समाजका सबैलाई यस तर्फ ध्यान दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमले लागूऔषधले एउटा परिवार मात्र नभई देशलाई नै बेफाइदा पुर्‍याइरहेको बताए । उनले कोही छिमेकी लागूऔषध प्रयोगकर्ता छन् भने त्यसलाई नसुधारिए आफूलाई पनि समस्या हुन सक्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले लागूऔषध प्रयोगकर्तालाई सुधार्न जिल्लामा एउटा सुधार केन्द्रको आवश्यक्ता रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports