सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई कार्यकाल भन्दा बढी बीमा कम्पनीमा सञ्चालक बन्न नपाइने निर्देशिकामा संशोधन

702
shares

काठमाडौं । बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको दाबी छ ।

बीमा समितिले आइतबार मात्रै यस्तो निर्णय गरेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने असर गरेको छ । नेपाल लाइफले सोमबारका लागि साधारण सभा बोलाएको थियो । साधारण सभाले सञ्चालक समितिको निर्वाचन समेत गर्ने तयारी गरेको छ । सञ्चालक चयनमा समेत सर्वसहमति जुटाएर हालका वर्तमान अध्यक्ष गोविन्दलाल संघईलाई पुनः अध्यक्ष बनाउने तयारी गरिएको थियो । बीमा समितिको यो निर्देशनले संघई अब सञ्चालक निर्वाचित हुनसक्ने छैनन् । नेपाल लाइफको साधारणसभाको पूर्वसन्ध्यामा आउको यस्तो निर्णयले नेपाल लाइफका अध्यक्ष संघई सहित अरु तीन जना सञ्चालकहरु पुनः सञ्चालक हुन नसक्ने भएका छन् ।

‘आजै एक्कासी निर्देशिका संशोधन हुनु भनेको नेपाल लाइफलाई कमजोर पार्न खोजिनु हो, बीमा समितिको निर्णयले अब हाम्रा ४ जना सञ्चालकहरु भोलि सञ्चालक निर्वाचित हुन सक्नुहुन्न’ कम्पनीका एक सञ्चालकले  भने । नियामक निकायको निर्णय भएकाले नेपाल लाइफले निर्णय मान्नुको विकल्प छैन । अब नयाँ योजना बनाएर सञ्चालकमा नयाँ अनुहार ल्याउने गरी आइतबार साझ नै सञ्चालकहरु बीच छलफल गर्ने तयारी छ । छलफलमा सञ्चालक कसलाई बनाउने भन्ने विषयमा ठूला लगानीकर्ताहरु बीच विवाद भए भोलिको साधारणभा केही पर धकेल्न सकिने उनले बताए ।

‘हामी आजै छलफल गर्दैछौं, नयाँ सञ्चालक ल्याउन सहमति जुट्यो भने भोलि साधारणसभा हुन्छ,’ ति सञ्चालकले भने, ‘आज सहमति जुटेन भने भोलि बोलाइएको साधारणसभा स्थगित गर्नेछौं ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports