२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त कमला नहर्कीले पदभार ग्रहण गरिन

1.86K
shares

गोरखा । राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समितिमा रहेको कार्यालय पुगेर उनले आइतबार पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण पछि बोल्दै उनले यसअघिको समितिले गरेको प्रगति विवरण हेरेर काम अघि बढाउने बताइन् । ‘भूमिहीन, सुकुम्बासीहरुको समस्या हल होस् भन्ने सरकारको अपेक्षा छ,’ उनले भनिन्, ‘त्यही अपेक्षा अनुसार हामी काम गर्छौ ।’

अध्यक्ष नहर्कीले संघीय सरकार सँग सम्झौता गरेर बाँकी प्रक्रिया अघि बढाउन स्थानीय तहलाई आग्रह गरेकी छन् । जिल्लाका कुल ११ स्थानीय तहमध्ये हाल सम्म बारपाक सुलीकोट र शहीद लखन गाउँपालिकाले सम्झौता गरेर ३५ दिने सूचना समेत प्रकाशित गरिसकेका छन् । यसअघिको समितिले जिल्लाको सबै स्थानीय तह बाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी कुल ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जस मध्ये १४५ भूमिहीन दलित, ३९७ भूमिहीन सुकुम्बासी र ३ हजार ७ शय ८७ अव्यवस्थित बसोबासी रहेका छन् । सबैभन्दा धेरै पालुङटार नगरपालिकामा एक हजार ३२४ र सबैभन्दा कम अजिरकोट गाउँपालिकामा ११ जना रहेका छन् ।

चुमनुब्री गाउँपालिकामा ८१६, गोरखा नगरपालिकामा ४६८, आरुघाट गाउँपालिका मा ४२६, गण्डकी गाउँपालिकामा ४१० र शहीद लखन गाउँपालिकामा ३२५ जनाको लगत संकलन भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा ३१६, भीमसेन थापा गाउँपालिकामा ११२, धार्चेमा ८५ र बारपाक सुलीकोटमा २२ जनाको लगत संकलन भएको आयोगले जनाएको छ ।अधुरा काम सम्बन्धी १६ वटा निवदेन परेका छन् । २०७७ साल गत माघ १५ गते आयोगको जिल्ला समिति गठन भएर काम अघि बढाइएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको हो । अहिले पुन आयोग गठन गरी जिल्लामा अध्यक्षहरु तोकिएको हो । जसअनुसार गोरखामा नेकपा माओवादी केन्द्रकी नहर्की अध्यक्ष नियुक्त भएकी हुन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports