तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल सहित १४ सांसद विरूद्धको मुद्दा चैत २७ गते सुनुवाई हुने

585
shares

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसद विरूद्ध दिएको मुद्दाको सुनुवाइ चैत २७ मा हुने भएको छ। ओलीले माधवकुमार नेपाल सहित १४ प्रतिनिधि सभा सांसद विरूद्ध रिट निवेदन दायर गरेका थिए।


न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो। यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टी बारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आइतबार सुनुवाइ हुन नसकेको हो।

तत्कालीन एमाले नेता माधव नेपाल सहित १४ जना सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए। उक्त पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध ओलीले रिट निवेदन दिएका थिए। आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुख माथि एमालेले लगाएको छ। ओलीले गत भदौ १७ मा रिट निवेदन दिएका थिए।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports