विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिकोणात्मक टी-२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बने दीपेन्द्र सिंह ऐरी

650
shares

काठमाडौं । दीपेन्द्र सिंह ऐरी त्रिकोणात्मक टी-२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल, पपुवा न्यूगिनी (पीएनजी) र मलेसिया सम्मिलित श्रृंखलामा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दि सिरिज घोषित भए ।

उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । दीपेन्द्रकै अलराउण्ड प्रदर्शनमा नेपालले सोमबार पीएनजीलाई फाइनलमा ५० रनले हराएर अपराजित रहँदै श्रृंखलाको उपाधि जितेको हो । उनले फाइनलमा ब्याटिङमा अविजित ५४ रन र बलिङमा ४ विकेट लिए । दीपेन्द्रले श्रृंखलाभर ५ खेल खेल्दै १ शतक र २ अर्धशतक प्रहार गर्दै सर्वाधिक २५५ रन बनाए । उनले फाइनलमा २१ रन जोड्दा टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे । उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।

यस्तै नेपालका करण केसी बेस्ट बलर घोषित भए । उनले श्रृंखलामा एक ह्याट्रिक सहित सर्वाधिक १३ विकेट लिएका थिए । करणले लिगमा पीएनजी विरुद्धको एउटै खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका थिए । यसैगरी पीएनजीका टोनी उरा बेस्ट ब्याटर घोषित भए । उराले श्रृंखलामा दुई अर्धशतक सहित १९० रन बनाएका थिए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports