विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेखर कोइराला गले, तालमेल गरेरै अघि बढन कार्यकतालाई दिए निर्देशन

598
shares

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गरेर अगाडि बढन कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेस गण्डकी प्रदेश द्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए ।

नेता कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताए । कोइरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल नगर्ने आग्रह गरे । कोइरालाले नयाँ मतदातालाई रुख बाहेक अन्य चिन्हमा मतदान गर्न लगाउने कुरा काँग्रेसका लागि चुनौती भएको वताए । उनले भने, ‘पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् । उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो ।’


तालमेल गर्ने कुरालाई खराब नभए पनि नयाँ मतदातालाई मध्यनजर गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘एकातिर घरघर जाऔं काँग्रेस जिताऔँ भनेका छौं । अर्को तिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन, व्यवस्थापन कसरी गर्ने । ” यस्तै काँग्रेस केन्द्रीय सदस्य मधु आर्चायले काँग्रेसको एजेन्डामा गएर अन्य दलहरु पनि चुनाव लडन तयार हुनुपर्ने बताए । काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसले स्थानीय तहमा उत्साह दिने किसिमको उम्मेदवार सिफारिस गर्दा उसैले टिकट पाउनुपर्ने बताए ।

सभापति शर्माले स्थानीय तहमा आवश्यकता अनुरुप मात्र तालमेल हुनसक्ने दावी गरे । नेता शर्माले घोषणा पत्रमा नैतिक शिक्षा, गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्यलाई समेट्न जोड दिए । कार्यक्रमा काँग्रेस नेता जगदीशनरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ लगायतले स्थानीय तहको चुनाव र तालमेल बारे धारणा राखेका थिए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports